माओवादी केन्द्र स्थायी कमिटी बैठक पार्टी कार्यालयमा जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सुरु भएको छ ।

सरकारका कामकारबाही र पार्टीको आन्तरिक जीवनलाई मुख्य एजेन्डा बनाएर बैठक बसेको हो । बैठक पार्टी कार्यालय पेरिसडाँडामा केहीबेरअघि मात्रै सुरु भएको छ । 

यसअघि आइतबार बसेको सत्ता गठबन्धनको बैठकमा बुधबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल भएको थियो । 

माओवादीमा सरकारमा जाने आकांक्षीहरुको संख्या बढी देखिएकाले आजको बैठकले सो विषयलाई पनि टुंग्याउने बताइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीको नामावली छिटो दिन आग्रह गरे पनि गठबन्धनका नेतालले विभिन्न नाम दिन सकिरहेका छैनन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.