काठमाडौं । तुलसीलाल अमात्य प्रतिष्ठान ललितपुरमा ११ बजे आज पनि नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ ।
आजको दिउँसो ११ बजे बस्ने बैठकमा १० बुँदे सहमति कार्यान्वयन र विधान महाधिवेशनमा छनोट हुने प्रतिनिधिलगायत विषयमा केन्द्रित हुने बताइएको छ ।
हाल सुदूरपश्चिमको इन्चार्ज लेखराज भट्ट छन् । भीम रावलले जेठ २ मा फर्किँदा सुदूरपश्चिमको पार्टी इन्चार्जमा आफू हुनुपर्ने बताउँदै आएका छन् । नेकपा विवाद भएसँगै भीम रावल प्रचण्ड-नेपाल समूहमा लागेका बेला पार्टी पुनर्गठन गर्दै अध्यक्ष ओलीले भट्टलाई सुदूरपश्चिमको इन्चार्जको जिम्मेवारी दिइएको थियो ।