माओवादी बैठकमा अध्यक्ष प्रचण्डको ब्रिफिङ : मन्त्री फिर्ता लिएर सरकारलाई समर्थन दिने प्रस्ताव गरेको खुलासा

काठमाडौं । पेरिसडाँडा माओवादी केन्द्रको स्थायी कमिटी बैठक मन्त्रिपरिषद विस्तारमा भइरहेको विलम्ब र पार्टीका अन्य आन्तरिक विषयमा छलफल भइरहेको छ । 

बैठकमा अध्यक्ष प्रचण्डले सत्ता गठबन्धनमा दल विभाजनसम्बन्धी अध्यादेशका कारण सरकार गठन हुन ढिलाइ भएको भनी ब्रिफिङ गर्दैछन् ।

ब्रिफिङका क्रममा प्रचण्डले गठबन्धनको बैठकमा दुई दिनभित्र मन्त्रिपरिषद विस्तार नभए माओवादीका मन्त्री फिर्ता लिएर सरकारलाई दिएको समर्थन जारी राख्ने बताएका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.