बैंकिङ कसुर मुद्दाका दुई फरार प्रतिवादी पक्राउ

काठमाडौं ।  नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार दुई अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उच्च अदालत पाटनको फैसलाअनुसार जरिबाना र कैद सजाय तोकिएका दुई अभियुक्तलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा महोत्तरी घर भई ललितपुर बस्ने २८ वर्षीय गौरभ शर्मा र धादिङ घर भई काठमाडौंको मनमैजु बस्ने ३१ वर्षीय प्रेमबहादुर गुरुङ रहेका छन् ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनबाट बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम कैद तथा जरिबाना ठहर भएका शर्मा र गुरुङलाई  बालुवाटारबाट पक्राउ गरिएको जानकारी दिए । 

पक्राउ परेका शर्मालाई अदालतले ११ दिन कैद सजाय र ५५ लाख जरिबाना तथा गुरुङलाई नौ लाख ९० हजार जरिबाना तथा दुई दिन कैद सजाय हुने फैसला गरेको थियो । 


© 2021 Quicknepal.com  |  All Rights Reserved.