बेनी- जोमसोम सडक अवरुद्ध

म्याग्दी ।   म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक आज बिहानदेखि अवरुद्ध भएको छ ।

म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिरमा गए राती पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा यातायात सेवा बन्द भएको हो ।

सडकको बिचमा ठुलो ढुङ्गा खसेर अवरोध भएको हो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.