काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२२ नेपालमा आयोजना हुने भएको छ ।
शनिबार बसेको बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यकारी बैठकले साफ च्याम्पियनसिप नेपालमा गर्ने निर्णय गरेको हो ।
साफ नेपालमा भदौ १३ देखि २५ सम्म हुने छ । साफले साफ यू–१७ च्याम्पियनसिप ५ आयोजना श्रीलंकामा हुने बताएको हो । साफको काँग्रेसले काजी मोहम्मद सलाहुद्दिनलाई दक्षिण एसियाली फुटबल महासंघको अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ ।