काठमाडौं । नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।
मंगलबार दिउँसो एक बजे बस्ने बैठकमा पूर्व पदाधिकारीलाई पनि बोलाइएको स्रोतले जनाएको हो ।
स्रोतका अनुसार बैठकमा भातृ र शुभेच्छुक संस्थाको विधान तय गर्न, पार्टीभित्रका विषय तथा राजनीतिक विषयका समसामयिक विषयमा छलफल हुने छ ।
बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ।