बल्खुमा सवारी दुर्घटना हुँदा ५ वर्षीय बालकको मृत्यु

काठमाडौं । आइतबार बिहान ११ः५० बजे बल्खुको तरकारी बजारमा गाडीले पैदल यात्रुलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ वर्षीय आयुष बन्सुर छन् ।

प्रहरीका अनुसार घटनामा उनकी आमा भारतको महाराष्ट्र घर भएकी ३२ वर्षीया योगिता बन्सुर घाइते छिन् । उनको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार बा १३ च ६४१९ नम्बरको गाडीले छोरा बोकेर हिँडिरहेकी पैदलयात्रुलाई ठक्कर दिँदा घटना भएको थियो ।

गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.