मन्त्रिपरिषद्लाई पूर्णता दिने माओवादी स्थायी कमिटीको निर्णय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले मन्त्रिपरिषदलाई पूर्णता दिन कानुनी जटिलतालाई हल गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको छ । 

सोमबार बसेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले सो निर्णय गरेको हो । माओवादी स्थायी कमिटी सदस्य देव गुरुङका अनुसार बैठकमा सरकारको पूर्णताका लागि कानुन, अध्यादेश तथा सर्वोच्च अदालतमा रहेको मुद्दाको विषयमा छलफल भएको जानकारी दिए । 

अढाई महिनासम्म मन्त्रिपरिषद् विस्तार हुन नसकेको भन्दै सरकार आलोचना भइरहेकाक बेला माओवादीले यस्तो निर्णय गरेको हो ।

‘अहिलेको समसामयिक स्थितीहरुको बारेमा अध्यक्षले ब्रिफिङ लिनुभयो,मुख्य रुपमा पार्टीको आन्तरिक सम्मेलनको तयारी,स्थानीय निकाय, टोल, वडाको भेला गर्ने विषयमा छलफल भएको छ, गुरुङले भने । 

बैठकमा माओवादी अध्यक्ष दाहालले आफूले आइतबार बसेको गठबन्धनको बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता नदिने हो भने माओवादीले मन्त्री फिर्ता लिई सरकारलाई समर्थन जारी राख्ने प्रस्ताव राखेको भनी ब्रिफिङ गरेका थिए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.