पार्टीको आन्तरिक जीवन चलायमान बनाउने माओवादी स्थायी कमिटीको निर्णय

काठमडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले पार्टीको आन्तरिक जीवनलाई चलायमान बनाउने निर्णय गरेको छ ।

सोमबार बसेको बैठकले मन्त्रिपरिषदमा माओवादी सहभागी हुनेलगायत पार्टीको आन्तरिक सम्मेलनको तयारीबरे निर्णय गरेको हो । 

स्थायी कमिटी सदस्य देव गुरुङले बैठकले स्थानीय निकाय, टोल, वडाको भेला गर्ने विषयमा छलफल भएको बताए । ‘पहिला भएको टाइम अलि टाइट भयो भ्याइएन,टाइम सानुपर्‍यो भन्ने कुरा सिफारिस भएको हुनाले त्यही अनुसारको छलफल भयो, पार्टी सदस्यको नवीकरण असोज मसान्तसम्म जारी राख्ने,टोल भेलाहरु कार्तिक ६ गते गर्ने भन्ने कुरा भएको छ,कार्तिक १३ गते वडा सम्मेलन गर्ने र मंसिर ४ गते स्थानीय पािलकाहरुको सम्मेलन भन्ने कुरो छ,राष्ट्रिय र प्रदेश सम्मेलन नसार्ने र अरुको समय सार्ने भन्ने विषयमा छलफल भएको छ, मन्त्रीपरिषद् बिस्तारको कुरा ५ दलको टुंगो भएपछि हुन्छ, त्यसमा कानूनी जटिलता भएको कारणले सबै समस्यालाई पन्छाइसकेपछि मन्त्रिमण्डलको बारेमा प्रवेश गर्ने भन्ने कुरा छ,’ गुरुङले भने ।

स्थायी कमिटीको बैठकले पार्टीको महाधिवेशन केन्द्रित केही क्रियाकलापको सयमतालिका हेरफेर गर्ने निर्णय समेत गरेको छ । यसका अलावा बैठकले  सदस्यता नवीकरण गर्ने मिति थप गरी असोज मसान्तसम्म समय थप बैठकले निर्णय गरेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.