कांग्रेस महाधिवेशन नेतृत्व चयन : दाङमा देउवा र पौडेल समूह बराबरी

दाङ। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तरगत दाङ जिल्लाको पालिका अधिवेशन सम्पन्न भएको छ । महाधिवेशनमा सभापति देउवा समूह र पौडेल समूहबीच बराबरी नेतृत्व चयन भएका छन् । 

१० वटा पालिकामध्ये पाँच पालिकामा देउवा समूहले विजयी हासिल गरेको छ भने  पाँच पालिकामा पौडेल समूह पनि विजयी भएको छ । 

दाङ जिल्लामा १० पालिका रहेका छन् जसमध्ये शान्तिनगर राप्ती गाउँपालिकामा सभापति सर्वसम्मत चयन गरिएको छ । त्यस्तै बाँकी आठ पालिकामा अधिवेशन भएको थियो । जसमा घोराही उपमहानगरपालिकाको सभापतिमा तिलक रावल विजयी भएका छन्। उनी देउवा समूहबाट निर्वाचित भएका हुन् ।

यता लमही नगरपालिकामा सन्तोष बुढाथोकी सभापतिमा निर्वाचित भएका छन्। राजपुर नगरमा नेरेन्द्रराज भण्डारी निर्वाचित भएका छन् भने गढवा नगरमा किरण पौडेल निर्वाचित भएका छन्।

बंगलाचुली गाउँपालिकामा जागेश्वर अधिकारी निर्वाचित भए। यी तीनै नगरमा निर्वाचित भएका सभापति देउवा समूहका हुन् । त्यस्तै तलुसीपुर उपमहानगरपालिकामा सुरेश हमाल निर्वाचित भएका छन्।

उता दंगीशरण गाउँपालिकाको सभापतिमा निर्वाचित भएका छन्। त्यस्तै बंबई गाउँपालिकाको सभापतिमा प्रकाश बस्नेत विजयी भएका छन भने शान्तिनगर गाउँपालिकाको सभापतिमा झलक केसी चयन भएका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.