झापा। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत शनिबार र आइतबार पालिकास्तरीय अधिवेशन सम्पन्न भएको छ । जिल्लाका चार पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ । त्यस्तै ११ पालिकामा निर्वाचन प्रकृयाबाट नेतृत्व चयन भएको निर्वाचन समितिले जनाएको छ ।
बाँकी ११ पालिकामा निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गरिएको थियो। कचनकवलमा तुलाराम अधिकारी, हल्दिबारीमा गङ्गा प्रसाईँ, झापामा सागीरथ गणेश, र बुद्धशान्ति गाउँपालिकामा चक्र सर्मा सभापतिमा निर्वाचित भएका छन् । उनिहरु चारै जना सिटौला निकटका मानिन्छन् ।
चुनावी प्रक्रियाबाट भद्रपुर नगर सभापतिमा रामबहादुर कँडेल निर्वाचित भएका छन्। कँडेलले ६१ मत ल्याएर सभापतिमा निर्वाचित भएका हुन् ।यता बिर्तामोड नगर सभापतिमा भोजराज सिटौला नेतृत्वको प्यानल निर्वाचित भएका छन् । उता अर्जुनधारामा नगर सभापतिमा हेमराज खरेल निर्वाचित भएका छन् ।
त्यस्तै शिवसताक्षी नगरपालिकामा अशोक बस्नेत सभापति पदमा विजयी भएका छन्। त्यसैगरी बाह्रदशी गाउँपालिकाको सभापतिमा इन्द्र बस्नेत निर्वाचित भएका छन् भने दमक नगरपालिकाको सभापतिमा प्रकाश प्रसाईँ विजयी भएका छन् ।
यता कमल गाउँपालिकाको सभापतिमा बुद्धिराज न्यौपाने निर्वाचित भएका छन् । त्यस्तै कनकाई नगर सभापतिमा दुर्गा प्रसाईँ निर्वाचित भएका छन्।
यता गौरीगञ्ज गाउँपालिकाको सभापति पदमा आग्नुप्रसाद राजवंशी निर्वाचित निर्वाचित भएका छन् । उता मेचीनगर नगरपालिकाको सभापतिमा सुदय पनेरु निर्वाचित भएका छन् । । चुनावी प्रतिस्पर्धीमा पनेरुले २४८ मत प्राप्त गरी विजयी हासिल गरेका हुन् ।