अध्यादेश फिर्ताबारे छलफल भइरहेको देउवाको स्पष्टोक्ति

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दलसम्बन्धीको अध्यादेश फिर्ताबारे सल्लाह भइरहेको बताएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले आज (सोमबार) बसेको स्थायी कमिटीको बैठकमा गठबन्धनबीच राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता गर्नेबारे निर्णय भएको भनी ब्रिफिङ गरी अध्यादेश फिर्ता लिने निर्णय भएको सार्वजनिक भएकै दिन देउवाले यस्तो बताएका हुन् । 

आइतबार अध्यादेश फिर्ताबारे प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा(एस)का अध्यक्ष माधवकुमार नेपाल र जसपाका नेता तथा कांग्रेस संससँग छलफल गरेका थिए ।

सोमबार ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै छ । सो बैठकमार्फत् राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिने बुझिएको छ । उपेन्द्र यादवको जसपाले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता नभएसम्म सरकारमा जान नसक्ने बताउँदै आएको छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.