काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता खगराज अधिकारीले संसदमा विरोध हुँदा सरकार तमासा हेरेर बसेको बताएका छन् ।
सोमबार संसद् भवनमा सञ्चारकर्मीसँग अन्तरक्रियाका क्रममा नेता अधिकारीले यस्तो बताएका हुन् । ‘लोकतन्त्रवादी भन्ने कांग्रेस नेतृत्वको सरकारले संसद्मा देखिएको गतिरोध अन्त्य गर्न कुनै भूमिका निर्वाह नगरी तमाशा हेरेर बस्यो,’अधिकारीले भने, ‘सरकारले अहिले गैरजिम्मेवार प्रवृति देखाइरहेको छ ।’
अकस्मात संसद् बन्द गरी दलीय व्यवस्थालाई समाप्त गर्ने सत्ता गठबन्धनको षड्यन्त्रको जारी रूप संसद्मा देखिएको बताउँदै उनले सरकार आफ्नो नीति र सिद्धान्तमा विश्वस्त नरहेको बताए ।
अधिकारीले बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमा कालोधनलाई सेतो बनाउने प्रावधान राखिएको बताउँदै यसले अन्तराष्ट्रिय कानुन आकर्षित हुने र नेपाल नै कालोसूचीमा पर्ने खतरा रहेको बताए ।