कांग्रेस महाधिवेशन : रामेछापको पालिका अधिवेशन सम्पन्न्

रामेछाप। नेपाली कांग्रेसको १४ महाधिवेशन अन्तर्गत  रामेछापको स्थानीय तहको महाधिवेशन सम्पन्न भएको छ। रामेछापका ८ स्थानीय तहमध्ये ५ मा संस्थापन इतर समूह विजयी भएको छ ।

त्यस्तै मन्थली नगरपालिका सभापतिमा शंकर अधिकारी निर्वाचित भएका छन भने  गोकुलगंगा गाउँपालिकाको सभापतिमा मणिकुमार लामा निर्वाचित भएका छन् ।


रामेछापमा केन्द्रको भन्दा जिल्लाको प्रभावअनुसार प्रतिस्पर्धा भएको बताइन्छ। संस्थापन इतरबाट रामेछाप नगरपालिकामा कमलविक्रम कार्की, सुनापति गाउँपालिकामा जनक खड्का, खाँडादेवी गाउँपालिकामा तेज घिसिङ, लिखु तामाकोशी गाउँपालिकामा भोजराज खड्का र उमाकुण्ड गाउँपालिकाको सभापतिमा हिक्मत सुनुवार निर्वाचित भएका छन् ।

संस्थापन पक्षका केशव कुमार लामा दोरम्बा शैलुङ गाउँपालिकाको सभापतिमा निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.