एक / दुई दिन भित्रै सरकारले पूर्णता पाउँछ : रमेश लेखक

काठमाडौं। नेपाली कांग्रेसका नेता रमेश लेखले एक दुई दिनभित्रै सरकारले पूर्णता पाउने बताएका छन्। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता लेखकले यस्तो बताएका हुन ।

नेता लेखकले अहिले आफ्नो पार्टीको मात्रै एकलौटी सरकार नभएको र सरकारमा गठबन्धनको सहभागिता रहेकोले केही राजनीतिक र वैधानिक समस्या रहेकाले सरकार विस्तारमा ढिलाई भएको बताएका छन् ।

उनले सकार गठन भएको सय दिन वितिसक्दा पनि खासै सरकारका बारेमा टिप्पणी नगर्ने प्रचलन रहेको दावी गर्दै त्यो बाञ्छनीयन नभएको टिप्पणी गरेका छन् ।

कांग्रेसले सरकारको नेतृत्व मुलुकको विशेष परिस्थितिमा लिएको भन्दै जनताप्रतिको विश्वासलाई टुट्न नदिने बताएका छन् । त्यस्तै, उनले तोकिएकै मितिमा पार्टीको १४औं महाधिवेशनपनि सम्पन्न हुनेमा विश्वास व्यक्त गरेका छन् ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.