कसलाई देलान् ओलीले सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठकले सुदूरपश्चिम इन्चार्ज भीम रावल कि लेखराज भट्ट भन्ने विवादको टु‌ंगो लगाउने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।

सुदूरपश्चिम इन्चार्ज को भन्ने विषयमा नेकपा एमालेमा विवाद छ । शुक्रबारबाट सुरु भएको एमाले स्थायी कमिटी बैठकमा सुदूरपश्चिम इन्चार्जको विषयलाई लिएर प्रश्न उठेको थियो । 

नेकपा एमाले र नेकपा छँदा सुदूरपश्चिमको इन्चार्ज भीम रावललाई दिइएको थियो । नेकपा केपी समूह र दाहाल-नेपाल समूहमा विभाजनपश्चात् सर्वोच्च अदालतको फैसलापछि ओलीले सुदूरपश्चिमको इन्चार्जको रुपमा लेखराज भट्टलाई दिएका थिए । भीम रावललगायत नेता १० बुँदे सहमति गर्दै एमालेमै फर्किएपछि सुदूरपश्चिमको इन्चार्ज को भनी विवाद हुँदै आएको छ । 

नेता भीम रावलले एमाले २०७५ जेठ २मा फर्किएकाले त्यसबेला पाएका जिम्मेवारी पनि यथावत हुने भन्दै आएका छन् । र पार्टी जेठ २ मा फर्कने सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्ट बन्दै आएका छन् । सुदूपश्चिमको इन्चार्जका लागि एमालेमा समाहित भएसँगै रावल र अध्यक्षबीच पनि छलफल भएको थियो।  

तर, नेता भट्ट भने त्यसो नभई जेठ २ पश्चात् विकसित राजनीतिक घटना क्रमका कारण हामी (माओवादी) एमालेमै रहेकाले विकसित राजनीतिक घटनाका क्रममा आफूले पाएको जिम्मेवारी पाउनुपर्ने पक्षमा छन् । 

त्यसैगरी, अध्यक्ष ओलीले पनि यसअघि विकसित राजनीतिक घटनाका क्रममा दिइएका जिम्मेवारी यथावत रहने बताउँदै आएका छन् । नेकपाबाट माओवादीका अध्यक्ष दाहालले आफ्नो गुट मात्र लिएर बाहिरएको बताउँदै ओलीले माओवादीबाट आएका उपाध्यक्षलगायत एमालेमै रहेको बताउँदै बएका छन् । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.