काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले मन्त्रीको टुंगो लगाएको छ । एसका नेता विरोध खतिवडाका अनुसार गठबन्धन बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नोतर्फबाट सूची बुझाएका हुन् ।
मन्त्रीको नामावलीको लिस्टमा विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले, जीवनराम श्रेष्ठ र किसन श्रेष्ठ छन् । नेकपा एसले ६ मन्त्रालय पाउँदैछ। किसन श्रेष्ठसँग मन्त्रालयको विषयमा कुरा भइरहेको छ ।
सानो मन्त्रालय रहने अर्थमा भवानी खापुङ किसान श्रेष्ठको ठाउँमा मन्त्री हुन सक्ने नेकपा एसका एक नेताले क्विक नेपालसँग भने ।
तर, अहिलेसम्म कसले कुन मन्त्रालय पाउने भन्नेबारे यकिन भइसकेको छैन । नेकपा एस विरोध खतिवडाको नेतृत्वमा सरकारमा जान लागेको हो । आजको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिएर भोलिसम्म सरकार विस्तार गर्ने तयारी भएको छ ।
आजै बसेको माओवादीको स्थायी कमिटी बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिने र चाँडै मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको थियो ।