काठमाडौं । भारतविरुद्धको मैत्रीपूर्ण खेलमा अन्जन विष्टले नेपाललाई सुरुवाती अग्रता दिलाएका छन् ।
दशरथ रंगशालामा जारी पहिलो हाफको ३६ औं मिनेटमा गोल गर्दै अन्जनले नेपाललाई अग्रता दिलाएका हुन् ।
भारतका डिफेण्डर र गोलकिपर समन्वय अभावमा अन्जनले बल खोस्दै खाली पोस्टमा गोल गरेका हुन् । खेल जारी छ ।
