काठमाडौं । नेकपा माओवादी केन्द्रले मंगलबार(आज ) ३ बजेका लागि बोलाएको स्थायी समितिको बैठक बुधबारका लागि सरेको छ ।
आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक भोलि बिहानसम्मका लागि सरेको हो । स्थगित बैठक भोलि (बुधबार) ११ बजे बस्नेछ ।
माओवादीले आगामी पुस ११, १२ र १३ गतेका लागि पार्टीको राष्ट्रिय सम्मेलन गर्ने घोषणा गरेको छ। त्यसैको तयारीबारे छलफलका बैठक बोलाइएको स्थायी समिति सदस्य गणेश साहले बताए ।