काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीनिकट लोकतान्त्रिक युवा संघले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । सो पार्टीले मंगलबार हुम्लामा चीनले नेपाली भूमि मिचेको भन्दै काठमाडौंको केन्द्रस्थल माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो ।
प्रदर्शनमा उत्रिएका उनीहरुले चीनद्वारा अतिक्रमित नेपाली भूमि फिर्ता गर् , हुम्ला जिल्लामा रहेको १२ नवरपिलर सार्न पाइँदैनलगायत प्लेकार्ड प्रदर्शन गरेका थिए ।
त्यस्तै,आन्दोलनकारीले नेपाल–चीन सीमाबारे लिमी लाप्चादेखि हिल्सासम्मको सीमा अध्ययन गर्न गठन गरेको समितिको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरेका छन् ।
लोसपा युवा अध्यक्ष मुकेश कुमार झाले चीनले नेपाली भूमि अतिक्रमण गर्दा पनि सरकार मौन रहेको भन्दै विरोध प्रदर्शन गरिएको जानकारी दिए । संघले नेपालको सिमा रक्षाका लागि निरन्तर खवरदारी गर्ने जनाएको छ ।