काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काको शपथ ग्रहण बदरको माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ ।
२०७८ असोज ६ मा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ बदरको माग गर्दै अधिवक्ता विशाल न्यौपानेले सर्वोच्चमा रिट दायर गरेका हुन् ।
मन्त्री खड्काको शपथ कुनै पनि कानुनी व्यवस्था र कानुनी स्रोतबिनै भएको र संविधानबमोजिम कानुन नबनाई शपथ नलिएसम्म खड्कालाई परराष्ट्रमन्त्रीको हैसियतमा काम नगर्न/नगराउन रिटमार्फत् अन्तरिम आदेश माग गरिएको छ । सो रिटको पेसी बुधबारका लागि तोकिएको छ ।