महोत्तरीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु 

महोत्तरी ।  महोत्तरीको रामगोपालपुर नगरपालिका–१ मा हिजो बेलुकी मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । 

नम्बर खुल्न नसकेको मोटरसाइकलले पैदल हिंडिरहेका स्थानीय ६५ वर्षीय शेख मनाङलाई हिजो बेलुकी साढे ७ बजे ठक्कर दिएको थियो । 

उपचारको लागि अस्पताल पु¥याउनासाथ उनलाई डाक्टरले मृत्त घोषणा गरेका थियो । 

दुर्घटना गराएर मोटरसाइकल सहित फरार रहेका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय रामगोपालपुरले जनाएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.