४ मंसिरमा चुनाव गर्ने सत्ता गठबन्धनमा सहमति

काठमाडौं । मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्ने सत्ता गठबन्धनमा सहमति भएको छ ।

बुधबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा मंसिर ४ गते चुनाव गर्नेगरी सहमति जुटेको स्रोतले जनाएको हो । 

स्रोतका अनुसार अब भोलि बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गर्ने छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.