एमालेको विधान महाधिवेशन गोदावरीस्थित सनराइजमा हुने

काठमाडौं । एमालेको पहिलो विधान महाधिवेशन ललितपुर गोदावरीस्थित नवनिर्मित सनराइज सम्मेलन केन्द्रमा हुने भएको छ । 

असोज १५ देखि १७ सम्म हुने विधान महाधिवेशन गोदावरीस्थित नवनिर्मित भवनमा गर्न लागिएको एमाले नेता खिमलाल भट्टराईले जानकारी दिए । 

भट्टराईका अनुसार सम्मेलनको केन्द्रमा मुख्य हल तीन हजार सिट क्षमता भए पनि खाली ठाउँलाई व्यवस्थापन गरेर पाँच हजार प्रतिनिधि बस्ने व्यवस्था गरिनेछ । 

नवनिर्मित भवनमा एमालेको विधान महाधिवेशन कार्यक्रम नै पहिलो हुनेछ । गत वैशाखमा तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्मेलन केन्द्रको उद्घाटन गरेको सो हलमा पहिलो पटक एमालेको महाधिवेशन हुन लागेको हो । 

विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव तथा विधान संशोधन प्रस्तुत हुनेछ । जुन आगामी पाँच वर्षसम्म एमालेले अख्तियार गर्ने नीतिको मर्गदर्शकको रुपमा रहनेछ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.