डुबेको अवस्थामा एक पुरुषको शव फेला

सर्लाही ।  सर्लाहीको हरिवनमा नालामा डुबेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । मंगलवार हरिवन नगरपालिका–११ स्थित हरिवन बजार क्षेत्रको नालामा डुबेको अवस्थामा पुरुषको शव फेला परेको ईलाका प्रहरी कार्यलय हरिवनमा प्रहरी निरीक्षक भुपेन्द्र गिरीले जानकारी दिए ।

हरिवनमा वर्षौँदेखि बस्दै आएका जुम्ली भनिनै अन्दाजी ५० वर्षका पुरुषको रहेको निरीक्षक गिरीले जानकारी दिए । स्थानीयले पानीमा डुबेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

पोष्टमार्टमका लागि शव जिल्ला अस्पताल मलंगवा पुर्‍याइएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.