साफ यू-२०ः उपाधिका लागि आज भारत र बंगलादेश भिड्दै

एजेन्सी । भारतमा जारी साफ यू–२० च्याम्पियनसिपको उपाधिका लागि घरेलु टोलीले आज बंगलादेशको सामना गर्दैछ । खेल भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने राति सवा ७ बजे सुरु हुनेछ । 

लिग चरणमा शिर्ष स्थानमा रहँदै बंगलादेश तथा दोस्रो स्थानमा रहँदै भारत फाइनलमा पुगेका हुन् ।

तेस्रो भएको नेपाल भने समुह चरणबाटै बाहिरिएको थियो ।


© 2021 Quicknepal.com  |  All Rights Reserved.