काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान जाँदैछन् । आज राति साढे १० बजको नेपाल वायु सेवा निगमको फ्लाइटबाट जापान जान लागेका हुन् ।
पाँच दलीय गठबन्धनले पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डको जापान भ्रमणको सफलताको कामना व्यक्त गरेको छ ।
जापानस्थित नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन उनी जापान जान लागेका हुन् ।
प्रचण्ड साउन २५ मा स्वदेश फर्किनेछन्।