बालुवाटारबाट ४ लाखसहित १२ जना जुवाडे पक्राउ

काठमाडौं ।  काठमाडौं महानगरपालिका–४ स्थित बालुवाटारको जुवा खालमा प्रहरीले छापा मारेको छ । रुपचन्द्र श्रेष्ठले संचालन गरेको जुवा खालबाट ४ लाखसहित १२ जना जुवाडेहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

जुवा खालबाट पक्राउ पर्नेमा संचालक रुपचन्द्र श्रेष्ठ, उत्तम गुरुङ, दिनेशकुमार लिम्बु र एकजना महिला सहित १२ जना छन् । 

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.