अर्काको नाममा परीक्षा दिने युवक पक्राउ

भक्तपुर।  नक्कली परिक्षार्थी बनि अर्काको नाममा परीक्षा दिएको अभियोगमा प्रहरीले बिहीबार एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–१० घर भएका २१ वर्षीय सुजन भट्टराई छन् ।

मध्यपुर ठिमी नगरपालिका–९ राधेराधे ईजिवे ट्रायल सेन्टरमा यातायात व्यवस्था कार्यालयद्वारा सञ्चालित दुई पाङ्ग्रे सवारी साधनको प्रयोगात्मक परीक्षामा उनले ललितपुर महालक्ष्मी नगरपालिका–६ बस्ने २९ वर्षीय सन्तोष थापाको नाममा परीक्षा दिएका थिए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.