नेपाल समाजवादी पार्टीको बैठक शनिबार

काठमाडौं । नेपाल समाजवादी पार्टीको बैठक शनिबार बस्दै छ।

काठमाडौँमा हुने बैठकमा विविध एजेन्डामाथि छलफल हुने पार्टीले जनाएको छ।

बैठकमा संगठन निर्माणसम्बन्धी छलफल हुने र केन्द्रीय समिति पुनर्गठन, कार्यकारिणी समिति र पदाधिकारीको निर्णय, नेता तथा कार्यकर्ताहरुको कार्यविभाजन सम्बन्धी निर्णय हुने र साथै निर्वाचन आयोगसम्बन्धी कार्य तथा अन्य विविध विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।


© 2021 Quicknepal.com  |  All Rights Reserved.