चीन ताइवानको विषयलाई नेपालले नजिकबाट नियालिरहेको छः परराष्ट्र मन्त्रालय

काठमाडौं । परराष्ट्र मन्त्रालयले चीन ताइवानको विषयलाई नजिकबाट नियालिरहेको बताएको छ । मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले अमेरिकी सभामुख नान्सी पेलोसीको ताईवान भ्रमणपछि उत्पन्न परिस्थितिलाई नेपालले नजिकबाट नियालीरहेको बताएकी हुन् ।

नेपाल सदैव ‘एक चीन नीति’को समर्थनमा छ उनले भनिन्, 'अमेरिकी सभामुख पेलोसीको भ्रमणलाई चीनले आफ्नो मुलुकको सार्वभौमसत्ता र स्वाधिनतामाथिको आक्रमण भनेको छ।'

 प्रवक्ता लम्सालले भनिन्, ‘नेपालले यस घटनालाई नजिकबाट नियालीरहेको छ । नेपालले सदैव एक चीन नीति समर्थन गर्दै आएको छ । दुबै मुलुकले एकअर्काको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधिनताको सम्मान गर्दै आएका छन् । एक शान्तिप्रिय राष्ट्रको रुपमा नेपाल सदैव अन्तराष्ट्रिय शान्ति र स्थायित्वको पक्षमा रहेको कुरा यहाँहरुलाई जानकारी गराउन चाहन्छु ।’


© 2021 Quicknepal.com  |  All Rights Reserved.