भीम रावलले भने- गठबन्धनले निर्वाचनमा तालमेल गर्नु संविधान विपरित

काठमाडौं ।  नेकपा (एमाले) का नेता तथा प्रतिनिधि सभा सदस्य डा. भीम रावलले विपरीत सिद्धान्त हुँदाहुँदै गठबन्धनका दलहरूले आगामी निर्वाचनमा तालमेल गर्नु संविधान विपरीत भएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक अन्तरक्रियामा बोल्दै नेता रावलले गठबन्धनले आगामी निर्वाचनमा तालमेल गर्नु संविधान विपरीत भएको बताएका हुन्  । 

उनले जनताको मत निश्चित विचारधारा, दर्शन र कार्यक्रमका आधारमा लिने संवैधानिक व्यवस्था भएकोले विपरीत सिद्धान्त भएका राजनीतिक दलहरूले तालमेल गर्नु गलत भएको बताए ।

नेता रावलले यस्तो गठबन्धनले देशको राजनीतिलाई सिद्धान्त हीन, आर्दशहीन र गन्तव्य हीन दिशातर्फ धकेल्ने बताए ।  

आगामी निर्वाचनमा सबै राजनीतिक दलहरूले आ–आफ्नो सिद्धान्त र नीतिमा अगाडी बढेर आफ्नो घोषणापत्रका आधारमा मत माग्नुपर्ने उनको भनाई छ । 


© 2021 Quicknepal.com  |  All Rights Reserved.