बालुवाटारमा देउवा-दाहाल भेटवार्ता हुँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता भइरहेको छ । 

पार्टीको स्थायी समिति बैठक बस्नुअघि प्रधानमन्त्री भेट्न दाहाल सिंहदरबार पुगेका हुन् । माओवादी केन्द्रको स्थायी समिति बैठक साढे १२ बजे बस्दै छ । देउवा र दहालबीचको भेटवार्ताको विषय मन्त्रिपरिषद् विस्तार रहेको बुझिएको छ । 

प्रधानमन्त्री देउवाले गठबन्धनका नेतासँग मन्त्रीको नाम मागिरहेका छन् । तर, विभिन्न बाहनामा गठबन्धनका नेताले देउवालाई मन्त्रीको नाम दिन सकिरहेका छैनन् । मन्त्रीको नाम दिन नसक्ने आधारमध्ये एक थियो । दल विभाजनसम्बन्धी अध्यादेश । सो अध्यादेश मन्त्रिपरिषदबाट सोमबार निष्क्रिय भइसकेको छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.