काठमाडौं । सर्वोच्च अदालत संवैधानिक इजालसमा सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दाको सुनुवाइ हुँदै छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा न्यायाधीश रहेको सो इजलासमा सापकोटाविरुद्ध परेको मुद्दाको सुनुवाइ जारी छ ।
१६ भदौमा पेशीमा चढेको यो मुद्दा यसअघि हेर्न नभ्याइनेमा राखिँदै आइएको थियो ।
सभामुख सापकोटामाथि शसस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोपमा मुद्दा छ ।
१६ वैशाख २०६२ मा श्रीकृष्ण मावि, दाप्चामा अभिभावक भेला स्थलबाट लामा अपहरणमा परेका थिए । साउन तेस्रो साता खाल्डो खन्न लगाएर लामालाई जिउँदै पुरेको भन्दै उनकी पत्नी पूर्णिमायाले २०६४ सालमा जाहेरी दिएकी थिइन् ।