प्रदेश २ का मुख्यमन्त्री राउतले विश्वासको मत लिने

काठमाडौं । जसपा फुटेसँगै अल्पमतमा परेका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिने भएका छन् । सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साहका अनुसार राउतले असोज २० मा विश्वासको मत लिनेछन् । 

मुख्यमन्त्री राउतले विश्वासको मत लिनुपूर्व मन्त्रिपरिषद् बैठक डाकिएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले असोज २० गते प्रदेशसभा बैठक बोलाउनेछ । 

अहिले प्रदेश २ मा केन्द्रमा गठबन्धनमा आबद्ध दलमध्ये  जसपा, नेपाली कांग्रेस नेकपा माओवादी केन्द्रको संयुक्त सरकार छ । यसका अलावा नेकपा एकीकृत समाजवादी पार्टीको पनि प्रदेश २ लाई समर्थन छ । 

प्रदेश २ मा १०४ सांसद छन् । अहिले सभामुखसहित जसपाका ३९, नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका ८, एकीकृत समाजवादीका १३ र नेपाल संघीय समाजवादी पार्टीका १ गरी कुल ८० सांसदको सरकारलाई समर्थन प्राप्त छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.