अध्यक्ष ओलीद्वारा पुन: नेतृत्वमा आउने चाहना व्यक्त

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पुन: नेतृत्वमा आउने चाहना व्यक्त गरेका छन् । मंगलबार काठमाडौंमा सम्पादकहरुसँगको अन्तरक्रियाका क्रममा अध्यक्ष ओलीले यस्तो चाहना व्यक्त गरेका हुन् । 

ओलीले यसअघि आफू एउटा कक्षामा बारम्बार दोहोर्‍याएर पढ्न नचाहने बताउँदै आएका थिए । ओलीको यही भनाइलाई लक्षित गर्दै सञ्चारकर्मीले गरेको प्रश्नमा ओलीले भने, 'मैले माथिल्लो क्लास नहुँदा त्यो विषयमा भनेको थिएँ । त्योभन्दा माथिल्लो क्लास छैन भनेर त्यसमै दोहोर्‍याएर पढ्दै गर्छु ।महाविद्यावारिधिपछि के हुन्छ ? गर्ने भनेको महाविद्यावारिधि नै हो ।'

शुक्रबारबाट सुरु हुने पहिलो विधान महाधिवेशनमा प्रस्तुत गरिने विधानमा कार्यकारी पदमा दुई कार्यकालमात्र निर्वाचित हुन पाउने र निर्वाचित हुन ७० वर्ष उमेर हद प्रस्ताव गरिएको छ । एमालेको नेतृत्व छनोट भने मंसिर १० देखि १२ गतेसम्म हुने महाधिवेशन गर्नेछ । ओली आगामी फागुन ११ गते ७० वर्ष पूरा हुँदैछन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.