नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल अस्वस्थ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अस्वस्थ भएका छन् ।

अध्यक्ष नेपालको सचिवालयका अनुसार नेपाल रुघा, खोकी र ज्वरोका कारण अस्वास्थ भएका हुन् । सचिवालयका अनुसार कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिए पनि पिसिआर परीक्षणमा कोरोना देखिएको छैन । 

सोमबार बेलुकाबाट अस्वस्थ भएपछि अध्यक्ष नेपाल आफ्नै घरमा आराम गरिरहेका छन् । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.