नेदरल्यान्डजिरूद्ध पाकिस्तानलाई शृंखला

काठमाडौं ।  लगातार दोस्रो जित निकाल्दै पाकिस्तानले घरेलु टोली नेदरल्याण्डविरुद्धको तीन खेलको एकदिवसीय शृंखला एक खेल अगावै हात पारेको छ । 

बिहिबार राति ७ विकेटको सहज जित निकाल्दै पाकिस्तान 'क्लिन स्विप' तर्फ अगाडि बढेको हो । 

१८७  रनको  विजयी लक्ष्य पाकिस्तानले ३३ ओभर ४ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । उसका  तीन ब्याटरले अर्धसतक प्रहार गरे । 

मोहम्मद रिजवानले सर्वाधिक ६९ रन बनाए । यस्तै, कप्तान बाबर अजाम ६९  र आगा सलमानले ५० रनको योगदान गरे । नेदरल्यान्डका भिभिएन किंग्माले २ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको नेदरल्याण्ड्सले ४४ ओभर १ बलमा सबै विकेट गुमाउँदै १८६ रन बनायो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.