बारामा सवारी साधनसको ठक्करबाट एक जना पुरुषको मृत्यु 

बारा ।  बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ मा गएराती सवारी साधनको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय पुरुष रहेका छन् । 

कलैया स्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा उनको आज बिहान पौने ५ बजे मृत्यु भएको प्रहरी चौकी पथलैयाले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन । 

गएराती १२ बजे नम्बर खुल्न नसकेको सवारी साधनले उनलाई ठक्कर दिएको र दुर्घटना पश्चात सवारी साधन हित फरार रहेका चालकको खोजी भइरहेको बारा प्रहरीले जनाएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.