काठमाडौं महानगरले खाली गरायो राहदानी विभागको बेसमेन्ट (फोटो फिचर)

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको बेसमेन्ट खाली गराएको छ । प्रमुख बालेन्द्र साह ९बालेन०को नेतृत्वको महानगरको टोलीले शुक्रबार विभागको बेसमेन्ट खाली गराएको हो । 

भवनको नक्सा पासविपरीत बनेका संरचना भत्काउन थालेको महानगरले सोहीअनुरुप विभागको बेसमेन्ट खाली गराएको हो । सवारी पार्किङका लागि अनुमति लिएर बनाएको बेसमेन्टमा रहेका कुर्सीसहितका सामान महानगर हटाएको हो । 

सोमबार, बुधबार, बिहीबार नयाँ बानेश्वर, शंखमुल, सुन्धरा र न्युरोड, कोटेश्वरसहितका क्षेत्रमा बनाइएका अवैध संरचना भत्काएको महानगरले फुटपाथ पनि खाली गराएको छ । 

सोहीअनुसार शुक्रबार मेयर बालेन आफैं उपस्थित भएर राहदानी विभागको बेसमेन्ट खाली गराएका हुन् ।

301302404_623688765787047_6170008266716714553_n.jpg.jpg

300664580_484404883080486_108200926734620213_n-1-.jpg.jpg

300912790_570070964816883_3673893431601907479_n.jpg.jpg

300467008_399621522279215_4153465398686557027_n.jpg.jpg

© 2021 Quicknepal.com  |  All Rights Reserved.