स्थायी कमिटीको बैठकमा प्रचण्डको ब्रिफिङ: बिहीबार बस्ने गठबन्धनको बैठकले मन्त्रिपरिषद् विवाद टुंग्याउँछ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार सत्ता गठबन्धनको बैठक बस्ने बताएका छन् । 

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा कानुनी प्रक्रियाका कारण मन्त्रिपरिषद विस्तार हुन नसकेको ब्रिफिङ गर्दै दाहालले भोलिको बैठकले मन्त्रिपरिषद विस्तार विवाद टुंग्याउने बताएका छन् ।

बैठकलाई ब्रिफिङ गर्ने क्रममा दाहालले भने, ‘बिहीबार गठबन्धनको बैठक बसेर मन्त्रिमण्डललाई पूर्णता दिने तयारी भएको छ ।’

© 2021 Quicknepal.com  |  All Rights Reserved.