धनुषामा बाइक दुर्घटना हुँदा तीन जनाको मृत्यु

जनकपुरधाम । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको  छ । 

प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतका अनुसार जनकपुरधाम उपमहानगरपालिका–१८ औरहीबाट जनकपुर बजारतर्फ आइरहेको ज. न प १९८२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको हो । 

मृत्यु हुनेहरुमा जनकपुरधाम उपमहानगरपालिका–११ का पुनालकुमार साहको मात्र पहिचान खुलेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.