काठमाडौं । सत्ता गठबन्धनको ११ सदस्यीय सिट बाँडफाँट कार्यदलको बैठक बालुवाटारमा जारी छ । आज बिहान साढे ९ बजेदेखि कार्यदलको बैठक बसिरहेको हो ।
आजको बैठकले कार्यदलमा सहमति जुटेका विषय समेटेर प्रतिवेदन तयार गर्नेछ । प्रतिवेदनलाई अन्तिम रूप दिएर आजै शीर्ष नेताहरूलाई बुझाइने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् । सिट बाँडफाँट करिब-करिब टुंगिएको र शीर्ष नेतालाई प्रतिवेदन बुझाएपछि संख्या सार्वजनिक गरिने कार्कीले बताएका छन् ।
सिट बाँडफाँटमा सहमति जुटाउन गत २० साउनमा कार्यदल गठन गरिएको थियो । तर कार्यदल सहमति जुटाउन ठोस रुपमा सफल हुन सकेको छैन ।