महन्थलाई झड्का: केन्द्रीय कार्यकारिणी समिति सदस्य लेखीले दिए राजीनामा

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य राजकुमार लेखीले राजीनामा दिएका छन् ।

पार्टी अध्यक्ष महन्थ ठाकुरसमक्ष नयाँ राजनीतिक यात्रा थालनी गर्ने भन्दै राजीनामा दिएका हुन् । 

राजपा नेपालमा आबद्ध पार्टी एकीकरणपछि जसपा नेपालमा सामेल भएका उनी राजनीतिक दलसम्बन्धी अध्यादेशअन्तर्गत जसपा नेपाल विभाजनपछि लोसपा नेपालमा आबद्ध नेता हुन् । अन्य कुनै दलमा आबद्धताका लागि राजीनामा दिएको बुझिएको छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.