बैतडीमा सर्पको टोकाइबाट बालकको मृत्यु

बैतडी । बैतडीमा सर्पको टोकाइबाट एक बालकको ज्यान गएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ चौडलीका १२ वर्षीय सुरजराम सार्कीको सर्पको टोकाइबाट ज्यान गएको स्थानीय नारायणराम सार्कीले बताए ।

घरभित्र सुतिरहेका बेला सुरजलाई मंगलबार राति साढे ११ बजे सर्पले टोकेर ज्यान गएको कार्कीले जानकारी दिए। सुरज कैलपाल आधारभूत विद्यालयमा कक्षा ३ मा अध्ययनरत थिए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.