काठमाडौं । संसदमा भइरहेको अवरोध हटाउन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री एंव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आग्रह गरेका छन् । बालुवाटारमा बसेको सर्वदलीय बैठकले ओलीलाई त्यस्ता आग्रह गर्ने निर्णय गरे बमोजिम प्रधानमन्त्री देउवाले ओलीलाई आग्रह गरेका हुन् ।
विहीवार बसेको सर्बदलीय बैठकमा एमाले र राप्रपा अनुपस्थित रहेको छ । एमालेले सभामुख अग्नीप्रसाद सापकोटाले गल्ती नसच्याएसम्म संसदमा अवरुद्ध नहट्ने बताउँदै आएको छ । सर्वदलीय बैठकले भने संवादर सहमतिबाट एमाले भाग्न नमिल्ने बताइएको छ ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आग्रह गरेपछि प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक आह्वान गरेको कानून मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताएका छन् ।