चितवनमा मोटरसाइकल र कार ठोक्किँदा एक जनाको मृत्यु 

चितवन ।  चितवनको रत्ननगर नगरपालिका २ मा आज मोटरसाइकल र कार ठोक्किँदा मोटरसाइकलमा पछाडी सवार १ जनाको मृत्यु भएको छ । 

टाँडीबाट सुब्बाचोक तर्फ जादै गरेको  ना ४८ प ४५८४ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको बा १७ च ७७७७ नम्बरको कार आज बिहान १० बजे आपसमा ठोक्किएका थिए

दुर्घटनामा मोटरसाइकमा पछाडी सवार सोही नगरपालिका–१४ की ४० वर्षीया सुमित्रा गुरुङ गम्भीर घाइते भएकी थिईन । घाइते भएकी उनको नँया मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । 

कार सहित चालकलाई इलाका प्रहरी कार्यालय रत्ननगरले नियन्त्रणमा लिएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.