खोटाङमा जनता समाजवादीको ‘सुज’ अभियान सुरु

खोटाङ ।जनता समाजवादी खोटाङले सुज (संगठन सुदृढिकरण तथा जनजागरण)अभियान सुरु गरेको छ । संगठन विस्तारका माध्यमबाट पार्टीलाई थप सशक्त र बलियो बनाउँदै वैकल्पिक शक्तिको रूपमा स्थापित गर्ने केन्द्रीय नीतिअनुसार जनता समाजवादीले जिल्लामा ‘सुज’ अभियान सुरु गरेको हो ।

बिहीबार दिक्तेलस्थित पार्टी कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जनता समाजवादी खोटाङका अध्यक्ष टंक थापाले मातहतका समिति गठनरपुनर्गठन, सदस्यता विस्तार, नवीकरण, प्रशिक्षण सञ्चालन, भेला तथा सभा, जनजागरण लगायतका कार्यक्रम सञ्चालनका लागि ‘सुज’ अभियान थालिएको जानकारी दिए ।

‘सुज’ अभियान मंसिर मसान्तसम्म जारी रहने जनता समाजवादी पार्टीले जनाएको छ । जिल्लामा ‘सुज’ अभियानका लागि केन्द्रीय कार्यकारीणि सदस्य पर्शुराम बस्नेतको संयोजकत्वमा मूल समिति गठन गरिएको छ ।

वरिष्ठ नेता अशोक राईको उपस्थितिमा १७ २० असोजसम्म केपिलासगढी गाउँपालिकामा र २१ २२ असोजमा हलेसी तुवाचुङ नगरपालिकामा ‘सुज’ अभियान सञ्चालनको तयारी गरिएको जसपाले जनाएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.