माओवादी सिद्ध्यउने रणनीतिका साथ संसद विघटन गरिएको थियो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादीलाई सिद्ध्यउने रणनीतिका साथ संसद विघटन गरेको बताएका छन् ।

बिहीबार अखिल क्रान्तिकारीको राष्ट्रय सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उनले सो बताएका हुन् ।  

आफूहरुले पुस ५ को प्रतिक्रियाविरुद्ध ज्यान फालेर लडेर युद्धकालनीन रणनीतिअनुरुप आफूहरुले घेरा तोडेर संसद पुनर्स्थापन गरेको बताए 

सो क्रममा दाहालले हिजोको क्रान्तिकारी माओवादी स्खलन भएको बताउँदै थाहा नपाइ पद, प्रतिष्ठा, नोकरहरुसँग नजिकिँदै गएको बताए । विगतमा आफूले जसलाई बनाएका मन्त्री सबै नोकर चाकरमा लिप्त भएको बताए । ‘क्रान्तिमा युद्धमा जान नपाउँदा रुने साथीहरु आज पद र प्रतिष्ठा नपाउँदा रुने गरका छन्,’ सो क्रममा उनले भने ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.